Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईएसएमटी कलेजको एक्स्पो सम्पन्न, विद्यार्थीहरुले बनाएको रोबर्ट हेर्नेको घुईंचो

आईएसएमटी कलेजको एक्स्पो सम्पन्न, विद्यार्थीहरुले बनाएको रोबर्ट हेर्नेको घुईंचो

सोमवार , पौष ८, २०८१

काठमाडौं । आईएसएमटी कलेजले दुई दिने एक्स्पो मेला सम्पन्न गरेको छ । तिनकुनेको गैरिगाँऊमा रहेको आइएसएमटी कलेजले पुस ४ र ५ गते आफ्नै प्राङ्गणमा एक्पो सम्पन्न गरेको हो ।

आइएसएमटी एक्स्पो नाम दिइएको मेलामा कलेजमा आईटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको विभिन्न सामानहरुको प्रदर्शनी गरिएको थियो ।

एक्सपोमा Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी रहेको थियो ।

विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमतालाई प्रदर्शन गर्न आयोजित उक्त एक्स्पोमा समाजिकदेखि राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

एक्स्पोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमलालगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गर्नुका साथै विद्यार्थीहरुसँग उनीहरुको प्रोजेक्टको बारेमा अन्तरक्रिया समेत गरेका थिए ।

अवलोकन पश्चात उनीहरुले विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएको समेत कलेजले जनाएको छ ।

साथै उक्त एक्स्पोमा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका थिए ।

एक्स्पोमा उपस्थित भएका अधिकांश व्यक्तिहरु आईएसएमटीका विद्याथीले बनाएको रोवर्ट हेर्न झुम्मिएका थिए ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज सञ्चालन गरि BBA (Business and Management), BHM, BSc, IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077