काठमाडौं । हनी ट्रयापिङ गिरोहसँग समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटी माग गरेको छ ।
जिल्ला अदालत ललितपुरले उनलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो।
शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो ।
भैंसेपाटी प्रभागको प्रमुख हुँदा उनले आपराधिक समूहसँग मिलेर एक व्यापारीलाई थुनामा राखी ३० लाख असुलिएको अभियोग छ ।