Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बचतकर्ताको रकम हिनामिनाको आरोपमा संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

बचतकर्ताको रकम हिनामिनाको आरोपमा संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

सोमवार , पौष ८, २०८१

कास्की । पोखराको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिव पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो ।

अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077