Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पनामा नहर नियन्त्रणमा लिने डोनाल्ड ट्रम्पको चेतावनी

पनामा नहर नियन्त्रणमा लिने डोनाल्ड ट्रम्पको चेतावनी

मंगलवार , पौष ९, २०८१

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।

एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनः अमेरिकालाई दिन चेतावनी दिएका हुन् ।

आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताए ।

यसअघि ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077