Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ

कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ

मंगलवार , पौष ९, २०८१

कञ्चनपुर । कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेदकोट नगरपालिका-१० सिसैया क्षेत्रबाट सोमबार बेलुका प्रहरी चौकी सुडाबाट खटिएको टोलीले बिक्रम बोहराको घरको माथिल्लो तलामा छापा मारी पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमा घरधनी बिक्रम बोहरासहित १० जना रहेका छन् । प्रहरीले घटनास्थलबाट नगद रु. १८ हजार ४२२ र ३ गड्डी तास बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077