Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ

बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ

मंगलवार , पौष ९, २०८१

कपिलवस्तु । बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने लालबहादुर यादव छन् ।

इलाका प्रहरी कार्यालय गोरुसिंहेवाट खटिएको प्रहरीले यादवलाई सोमबार पक्राउ गरेको थियो । जिल्ला अदालतले २०८० मंसिर २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पक्राउ परेका यादवलाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077