Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविसहित चार जनालाई गराइयो कास्की अदालतमा उपस्थित

रविसहित चार जनालाई गराइयो कास्की अदालतमा उपस्थित

मंगलवार , पौष ९, २०८१

कास्की । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।

छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।

कास्की अदालतले सबैको सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077