Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बालकोटमा बाबु र भाइको हत्या गरेको आरोपमा मिलन पक्राउ

बालकोटमा बाबु र भाइको हत्या गरेको आरोपमा मिलन पक्राउ

मंगलवार , पौष ९, २०८१

काठमाडौं । भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रवीण आचार्यको हत्याबारे अनुसन्धानका लागि प्रहरीले कुलप्रसादकै जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।

उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो ।जेठा छोरा मिलन र कान्छा प्रवीण पढ्नका लागि त्यहाँ २ वटा कोठा भाडामा लिएर बसेका थिए।

मिलन लोकसेवाको तयारी गरिरहेका र कान्छा प्रवीण विज्ञान संकायमा स्नातक पढिरहेका थिए। बाबु कुलप्रसाल जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नायब सुब्बा) पनि हुन्। उनी एक साताअघि नै काठमाडौँ आएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077