Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालकोट हत्या प्रकरण : मिलनद्धारा बाबु र भाइको हत्या गरेको स्वीकार

बालकोट हत्या प्रकरण : मिलनद्धारा बाबु र भाइको हत्या गरेको स्वीकार

मंगलवार , पौष ९, २०८१

काठमाडौं । भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या प्रकरणमा जेठो छोराले आत्मसमर्पण गरेका हुन् ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो।

डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन्। मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए ।

सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो । त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077