Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार

म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार

मंगलवार , पौष ९, २०८१

काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ।  म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको हो।

नेपाली राजदूतावास बैंककले विज्ञप्ति निकालेर मेवाडीबाट उद्धार गरी ल्याइएका पाँच जना नेपालीमध्ये चार जना पुरूषलाई पुस २ गते नेपाल फर्काइएको उल्लेख छ।

साथै मंगलबार एक जना महिलालाई पनि नेपाल पठाइएको दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ।’

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।

डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा ४ जनालाई नेपाल फर्काइएको थियो ।

जसअनुसार म्यानमारबाट उद्धार भएकी बाँकी एक महिलालाई पनि मंगलबार नेपाल पठाएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077