Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१४ अंकले नेप्से बढ्दा ५ अर्ब २० करोडको सेयर कारोबार

१४ अंकले नेप्से बढ्दा ५ अर्ब २० करोडको सेयर कारोबार

मंगलवार , पौष ९, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.५८ अंकले बढेर ४४९.१५ विन्दुमा पुगेको हो।

कारोबार रकम सोमबारको तुलनामा बढेको छ। यसदिन ३१२ स्क्रिप्सको ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँको सेयर कारोबार भयो। सोमबार ४ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी न्यादी हाइड्रोपावरको सेयर ८.६० र सप्तकोशी डेभलपमेन्ट बैंकको ७.५४ प्रतिशतले बढ्यो। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

जोशी हाइड्रोवार डेभलपमेन्टको १९ करोड, नेपाल फाइनान्सको ९ करोड र माउन्टेन इनर्जी र न्यादी हाइड्रोपावरको ८/८ करोड मूल्यको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077