Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, लिला पछाईंको सुरु

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, लिला पछाईंको सुरु

मंगलवार , पौष ९, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारदेखि सुरु भएको गोर्खा मिडियाका पूर्वउपाध्यक्षसमेत रहेका जोशीको बयान आज दिउँसो सकिएको हो । योसँगै जीबी राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँचजना प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरू भएको छ।

रविसहित पाँचजनालाई अदालत उपस्थित गराइए पनि सोमबार जोशीको बयान लिइएको थियो। पछाईको बयान सकिएपछि रवि लामिछानेको बयान हुने जनाइएको छ।

बयानका लागि लामिछाने,जोशी,लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको छ। अर्का आरोपित कृष्ण गुरूङ भने बिरामी परेकाले अदालतमा उपस्थित हुन सकेको छैन्।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ।

जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077