Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्नू

गृह मन्त्रालयले भन्यो - सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्नू

मंगलवार , पौष ९, २०८१

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक र दर्ज्यानी चिह्वन प्रयोग गरेको पाइएको भन्दै गृहले त्यस्तो नगर्न भनेको हो ।

कसैले प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ । गृह मन्त्रालयले पत्र नै काटेर सबै जिल्ला प्रशासनलाई उक्त कार्य रोक्न दिर्नेशन दिएको छ ।

‘‘सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक तथा दर्ज्यानी चिह्नहरू सम्बन्धमा द्विविधा वा भ्रम उत्पन्न हुन गई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटना हुने तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा बाधा हुन सक्छ, ’’ जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077