Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लोकसेवामा असफल भएपछि बाबु र भाइको हत्या, आत्महत्या गर्न नसकेपछि आत्मसमर्पण

लोकसेवामा असफल भएपछि बाबु र भाइको हत्या, आत्महत्या गर्न नसकेपछि आत्मसमर्पण

मंगलवार , पौष ९, २०८१

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबु-छोरा मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।

प्रहरीको सम्पर्कमा आएका उनका जेठो छोरा मिलन हुन् । अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगंज प्रहरी वृत्तमा राखेर सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धान र बयानमा लोकसेवामा पटक पटक असफल भएको तथा बाबु र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको स्वीकार गरेका छन् । हत्या पछि आफूले आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको अनुसन्धानमा खुलेको छ ।

उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077