Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विद्यालयमा गएर विद्यार्थीलाई इसाई धर्मबारे प्रवचन दिने पास्टर पक्राउ

विद्यालयमा गएर विद्यार्थीलाई इसाई धर्मबारे प्रवचन दिने पास्टर पक्राउ

मंगलवार , पौष ९, २०८१

कैलाली । कैलालीबाट इसाई धर्मको बारेमा प्रवचन दिने पास्टर पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयहरूमा गएर विद्यार्थीलाई इसाई धर्मको बारेमा प्रवचन दिने लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका हुन् ।

पास्टर भट्टराईले नगरपालिकाको वडा नम्बर ५ स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १ को सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार स्वरुप झोला, चकलेट बाँडेर विद्यार्थीलाई धर्मको बारेमा प्रवचन दिएका थिए ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका फोटोहरूसमेत सार्वजनिक गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तनका लागि प्रेरित गरेको आरोपमा चर्चका पास्टर भट्टराईलाई पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077