Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरूङ पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरूङ पक्राउ

मंगलवार , पौष ९, २०८१

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ उनलाई पोखरा-११ स्थित निवासबाटै पक्राउ गरिएको हो ।

गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन् । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन् ।

मीना पूर्वप्रदेशसभा सांसद पनि हुन् । अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा रास्वपा सभापति रवि लामिछानेसँगै एमालेकी पूर्व सांसद गुरुङविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077