Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सामूहिक बलात्कारको आरोपमा एक भारतीयसहित तीनजना पक्राउ

सामूहिक बलात्कारको आरोपमा एक भारतीयसहित तीनजना पक्राउ

बुधवार , पौष १०, २०८१

मोरङ । मोरङको जहदा गाउँपालिकामा अर्धचेत अवस्थामा फेला परेकी युवतीमाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो गाउँपालिका-३ स्थित जयरामपुरमा भएको घटनामा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार रहेका छन् । मंगलबार बिहान २३ वर्षीय युवती घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् ।

दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी महिलालाई कटहरी गाउँपालिका-२ कदमगाछिस्थत बासझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीय र प्रहरीले युवतीलाई मुखमा कपडाले बाँधेर हातखुट्टाबाधेको अवस्थामा फेला पारेका थिए । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077