Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बोक्सी आरोपमा हसिनामाथि निर्घात कुटपिट, चारजना पक्राउ

बोक्सी आरोपमा हसिनामाथि निर्घात कुटपिट, चारजना पक्राउ

बुधवार , पौष १०, २०८१

कैलाली । कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गाउँकै नातेदारलगायतले कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। कुटपिटले हसिना बेहोस भएकी थिइन् ।

महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077