Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ।  मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077