Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट ठूलो संख्यामा सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ

कैलालीबाट ठूलो संख्यामा सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ

बुधवार , पौष १०, २०८१

धनगढी । कैलालीमा सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो टीकापुरबाट सुनचाँदीका गरगहनासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन् ।

कैलाली प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ गणेशपुर शिबिरस्थित २८ वर्षीया धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा झोला चेकजाँच गर्दा सुनचाँदी लगायतका गरगहना फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

उनीहरुको साथबाट एक थान ५० ग्रामको चाँदीको सिक्का, २ थान पत्थरसहितको हिराको औँठी, एक थान सुनको बेरुवा औँठी, एक थान सुनको सिक्री, एक थान सुनको पानको पात आकारको सिक्री, एक जोर हिरासहितको सुनको झुम्का, एक थान सुनको औँठी, २ थान सुनको खुट्टाको औलामा लगाउने बिछिया, एक थान सुनको कालो पोते भएको नागिनी माला बरामद गरिएको छ ।

यस्तै, एक जोर सुनको चारकुने टप, एक थान सुनको कानमा लगाउने स्टार भएको झुम्का, एक जोर सुनको कानमा लगाउने रिङ, एक थान सुनको सानो टुक्रा, नगद १३ हजार र एफ जेट यमाहा कम्पनीको लुम्बिनी प्रदेश ०१–००३ प २२९९ नम्बरको एक थान मोटरसाइकल समेत बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077