Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारका पाँच महिनाका कार्यप्रति एमाले खुशी

सरकारका पाँच महिनाका कार्यप्रति एमाले खुशी

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेकपा एमालेले सरकार सही दिशामा अगाडि बढेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

सरकारका पाँच महिनाका कार्यप्रति सन्तुष्टि जनाइएको र सुधारका क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकताबोध गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले सरकारको पछिल्लो कार्यसम्पादनको समीक्षा गर्दै अर्थतन्त्रमा सुधारका संकेत देखिएको, शेयर बजार उच्चबिन्दुमा पुगेको, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कार्यान्वयनको चरणमा पुगेको, र चीनसहितका देशहरूसँग भएका महत्त्वपूर्ण सहमतिहरूको प्रशंसा गरेको छ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन र संगठनात्मक कामलाई समेत प्राथमिकता दिइएको पनि ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077