Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादीका कारण देशको मालिक जनता भए, गाउँसम्मै सिंहदरवार पुग्यो : वर्षमान पुन

माओवादीका कारण देशको मालिक जनता भए, गाउँसम्मै सिंहदरवार पुग्यो : वर्षमान पुन

बुधवार , पौष १०, २०८१

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।

रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटनगर्दै नेता पुनले यस्तो बताएका हुन् ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए ।

नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँरगाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077