Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना

बिहिवार , पौष ११, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही भूभागमा बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077