Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077