Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौंका क्यासिनोमा प्रहरीको आतंक

काठमाडौंका क्यासिनोमा प्रहरीको आतंक

बिहिवार , पौष ११, २०८१

काठमाडौं । काठमाडौंका क्यासिनोहरूमा घुमुवा प्रहरीको आउजाउ बढेको छ।  एआइजीसाबको निर्देशन भन्दै सादा पोशाकका प्रहरीले केही क्यासिनो सञ्चालकहरुलाई अनाश्यक दबाब दिएको उजुरी गृह मन्त्रालयसम्म पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यको नाममा घुमुवा प्रहरीहरु क्यासिनोमा पुगेर दबाब दिने गरेका छन्।

एआइजी बज्राचार्यले पाँच दिनपछि १६ पुसमा अनिवार्य अवकाश पाउँदैछिन्। त्यसअघि उनले क्यासिनो सञ्चालक तथा व्यापारीहरुलाई सहयोगका नाममा दुःख दिएको उजुरी परेको छ ।

एआइजी बज्राचार्य यसअघि सिआइबीमा हुँदा पनि व्यापारीलाई दुःख दिएको भनेर धेरैले गुनासो गरेका थिए। कतिसम्म भने सिआइबीको नयाँ कार्यालय मर्मतका लागि भनेर बैंकहरुसँग समेत सहयोग लिइएको थियो। जुन सहयोगको हिसाबकिताब समेत राखिएको छैन।

यसअघि उपत्यका कार्यालयबाट अवकाश हुने बेला एआइजी रबिन्द्र धानुकले क्यासिनोहरुसँग एक वर्षको लाइनवापतको पैसा एकैपटक मागेका थिए। अहिले बज्राचार्यको कार्यशैली पनि त्यस्तै देखिएको छ ।

आफुलाई नटेरेको भन्दै केही क्यासिनोमा उनले छापा हान्न लगाएको स्रोत वताउँछ । एआइजी बज्राचार्यलाई न्यायिक जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकोमा शक्तिकेन्द्रको चाकडी गरेर उपत्यका आएकी थिइन् ।

भक्तपुरको प्रहरी प्रमुख हुँदादेखि नै उनी आर्थिक अनियमिततामा मुछिदै आएकी छिन्। अवकाशको मुखमा पनि उनलाई यस्तो विवादले छाडेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077