Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गैँडाको खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

गैँडाको खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

बिहिवार , पौष ११, २०८१

काठमाडौं । गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न नेपाली सेनाले गोली चलाएको छ।

हेटौंडा उपमहानगरपालिका-८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैँडाको खाग तस्करीमा संलग्न एक जनालाई सेनाले नियन्त्रणमा लिएको छ।

सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन।

तस्कर पक्राउ गर्न आएको सेनाका कम्तिमा ८ जनाको टोलीलाई देखेपछि भाग्न खोजेका तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077