Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सार्वजनिक जग्गामा बनेको घर जोगाउन सिडिओदेखि डिएफओसम्म सक्रिय

सार्वजनिक जग्गामा बनेको घर जोगाउन सिडिओदेखि डिएफओसम्म सक्रिय

बिहिवार , पौष ११, २०८१

काठमाडौं । धादिङमा सार्वजनिक जग्गामा बनेको घर जोगाउन डिभिजन वन अधिकृतदेखि जनप्रतिनिधिसम्म लागेका छन्।

सिद्धलेक गाउँपालिका–६ फिस्टारमा चन्द्रबहादुर मगरले सार्वजनिक जग्गामै बनाएको घर जोगाउन वन अधिकृतदेखि जनप्रतिनिधिसम्म लागि परेका हुन्।

मगरले सार्वजनिक जग्गामै घर बनाएर भाडामा लगाउँदा समेत स्थानीय जनप्रतिनिधि चुप बसेका छन् । घर भत्काउन स्थानीयले बारम्बार माग गरे पनि स्थानीय जनप्रतिनिधि, वनका डिएफओ र सिडिओले चासो दिएका छैन्।

जसकारण यसमा सबैको सेटिङ रहेको आशङ्का गरिएको छ । धादिङ डिभिजन वन अधिकृतमा विष्णु प्रसाद आचार्य र सिडिओमा सुमन घिमिरे कार्यरत छन्।

२६० नम्बर कित्तामा पर्ने सो जग्गा सार्वजनिक रहेको विवरण मालपोतमा छ। मालपोतले यसअघि नै सो जानकारी सम्बन्धित निकायलाई दिइसकेको छ।

धादिङको राजमार्ग क्षेत्रमा समेत वनको जग्गा मिचेर तथा सार्वजनिक जग्गामा एक दर्जन घर बनाएर व्यवसाय चलाइएको छ ।

त्यस्ता घरजग्गा खाली गराउन पनि वन र सिडिओ कार्यालयले चासो नदिएपछि यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077