Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

घुससहित पक्राउ परेका ट्राफिकका सई बुढाथोकीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका ट्राफिकका सई बुढाथोकीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , पौष ११, २०८१

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुससहित पक्राउ परेका सई बुढाथोकीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

बुढाथोकीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077