Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुन तस्करीमा फरार चलाउनेविरुद्ध सहकारी ठगीको मुद्दा

सुन तस्करीमा फरार चलाउनेविरुद्ध सहकारी ठगीको मुद्दा

बिहिवार , पौष ११, २०८१

काठमाडौं । सुन तस्करीको मुद्दामा फरार जीवन चलाउनेविरुद्ध प्रहरीले अर्को मुद्दा दायर गरेको छ ।

सहकारी ठगीको आरोपमा काठमाडौं प्रहरीले मंगलबार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ठमेलको यूनिफाइड सहकारीको रकम उनले हिनामिना गरेका हुन् ।

चलाउने सो सहकारीको अध्यक्ष थिए । उनीसहित १० जनालाई प्रतिवादी बनाएर सहकारी ठगीको मुद्दा दायर भएको हो । बचतकर्ताको एक करोड २ लाख ५५ हजार हिनामिनाको उजुरी परेको थियो ।

चिनियाँ समूहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा यसअघि सिआइबीले उनीविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

सिआइबीले सुरुमा उनीसँग कागज गराई तारेखमा राखेकोमा पछि फरार बनाएर मुद्दा दायर गरेको थियो। चलाउनेलाई सुरुमा चलखेलका आधारमा उन्मुक्ति दिने प्रयास भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077