Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेसँग आज पनि बयान लिइने

रवि लामिछानेसँग आज पनि बयान लिइने

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछानेको बयान आज पनि जारी रहने भएको छ ।

कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए । आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने देखिएको छ।

पहिले १९ जना र अहिले ४४ गरी जम्मा ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077