Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कास्की अदालतमा रवि लामिछानेसँग दोस्रो दिनको बयान जारी

कास्की अदालतमा रवि लामिछानेसँग दोस्रो दिनको बयान जारी

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सरु भएको छ ।

सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको हो ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान जारी छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो।

लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ ।

उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077