Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि चन्द्र भण्डारीले भने - प्रतिकृयामा रमाउन हतार नगरौँ !

रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि चन्द्र भण्डारीले भने - प्रतिकृयामा रमाउन हतार नगरौँ !

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन्।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएपछि नेता भण्डारीले उक्त विषयमा प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने कोही बाँकी नरहने बताए । उनले यसरी कोही पनि बाँकी नरहने भन्दै प्रश्न पनि गरेका छन्।

नेता भण्डारीले लेखेका छन्, ‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? बुझ्ने कोसिस गर ! प्रतिकृयामा रमाउने साथीहरूले हतार नगरौँ की! सत्यलाई सत्य थाहा हुन्छ!’

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत जारी सुनुवाईबीच नेता भण्डारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077