Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार , पौष १३, २०८१

गुल्मी । गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका -१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको हो ।

रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर-२ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेकोथियो।

टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन्।

उनको अवस्था समान्य छ। दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077