Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चिसापानीमा पाँच अर्बको लगानीमा बन्ने भयो केबलकार, परराष्ट्रमन्त्री राणाले गरिन् शिलान्यास

चिसापानीमा पाँच अर्बको लगानीमा बन्ने भयो केबलकार, परराष्ट्रमन्त्री राणाले गरिन् शिलान्यास

शनिवार , पौष १३, २०८१

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ ।

शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन् । चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ । कूल पाँच अर्ब रुपैयाँ लगानीमा केबलकार बन्ने बताइएको छ ।

शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र पालिकाहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए ।

चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरु अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ । यसले नेपाल आउने पर्यटकको बसाइ कम्तीमा सात दिन लम्बिने विश्वास लिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077