Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भाग्यशामानी कैलालीकी प्रमिला, जसले जितिन् एक करोड !

भाग्यशामानी कैलालीकी प्रमिला, जसले जितिन् एक करोड !

शनिवार , पौष १३, २०८१

कैलाली । कैलालीकी प्रमिला रोकायाले एक करोड पुरस्कार जितेकी छन् ।

जापानको क्योदाइबाट आईएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आईएमई ग्रुपले पुरस्कारबापत एक करोडको चेक हस्तान्तरण गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे ।

चेक बुझेपछि उनले आईएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको सुनाइन् ।

गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077