Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अब सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

अब सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

आइतवार , पौष १४, २०८१

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

सुनसरीको इटहरीमा राप्रपा कोशी प्रदेश समितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले सम्पत्ति शुद्धीकरणको हतियार चलेको भन्दै सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरे । सम्पत्ति शुद्धीकरणको हतियारले ठूला दलका नेताहरू कोही पनि नजोगिने उनले दाबी गरे।

अध्यक्ष लिङ्देनले भने, ‘अहिले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको छ, यो हतियार नरोकिने र रोकिन हुन्न।’

सबै दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुरू बरू आफैबाट गर्न तयार रहेको लिङ्देनको भनाइ छ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण गरेको दाबी गरे। उनले राजासहित प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077