Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सभापति देउवा र गगन थापासँग कुनै मतभेद छैन : शेखर कोइराला

सभापति देउवा र गगन थापासँग कुनै मतभेद छैन : शेखर कोइराला

आइतवार , पौष १४, २०८१

धनुषा। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिसँग आफ्नो कुनै मतभेद नरहेको बताएका छन्।

प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

नेता कोइरालाले सभापतिसँगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताए ।

नेता कोइरालाले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख गरे।

उनले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए ।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताए ।

संविधानलाई सुधार गर्नका लागि पनि दुई दल मिल्नुपरेको उनले बताए । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरू भइसकेको भन्दै कोइरालाले अन्य दलहरूसँग मिलेर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077