Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोइला बालेर कोठामा सुतेका मजदुरको निस्सासिएर मृत्यु

कोइला बालेर कोठामा सुतेका मजदुरको निस्सासिएर मृत्यु

सोमवार , पौष १५, २०८१

बैतडी । निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेका छन् ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए ।

अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077