Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेट्रोलमा प्रतिलिटर एक र डिजेलमा दुई रुपैयाँ बढ्यो

पेट्रोलमा प्रतिलिटर एक र डिजेलमा दुई रुपैयाँ बढ्यो

मंगलवार , पौष १६, २०८१

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।

पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। ​​​​​​​एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077