काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ ।
आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।
तराई, खोँच क्षेत्रका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।