काठमाडौं । सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज पूर्वाधार विकास समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक सिंहदरबारमा बस्न लागेका हुन् ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा समितिले २०८१ साल भदौ ११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल गर्ने कार्यसूची छ ।
यता, दिउँसो सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ्बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ । छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई आमन्त्रण गरिएको बताइएको छ ।