Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077