Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धनगढीको शिवनगरमा 'स्नुकर एण्ड पुल पार्क' सञ्चालनमा, वडाध्यक्ष मुडभरीले गरे उद्घाटन

धनगढीको शिवनगरमा 'स्नुकर एण्ड पुल पार्क' सञ्चालनमा, वडाध्यक्ष मुडभरीले गरे उद्घाटन

बुधवार , पौष १७, २०८१

धनगढी । धनगढीमा 'स्नुकर एण्ड पुल पार्क' सञ्चालनमा आएको छ । धनगढी उपहानगरपालिका-१ शिवनगरमा आडीएसएस स्नुकर एण्ड पुल पार्क सञ्चालनमा आएको हो ।

सो पार्कको बुधबार वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले रिवन काटेर उद्घाटन गरेका हुन् । पार्कको उद्घाटन गर्दै वडा अध्यक्ष मुडभरीले यस पार्कबाट उपमहानगरपालिकाभित्र आर्थिक गतिबिधि बढ्ने अपेक्षा लिए ।

यसका साथै पुललाई खेल पर्यटनका रुपमा समेत बिकास गर्न सकिने उनको भनाइ छ । लागु औषध जस्ता कुलतमा फसिरहेका युवाहरुलाई समेत पुल खेलतर्फ आकर्षण गर्न सके कुलतबाट जोगाउन सकिने उनको जोड छ ।

पार्कका सञ्चालक ललित चन्दले स्नुकर खेलाडी उत्पादन गर्ने उद्धेश्यले आफूहरुले हाल पुल सञ्चालनमा ल्याएको बताए ।

स्नुकर राष्ट्रिय खेल भएको बताउँदै उनले यस प्रदेशबाट पनि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले अहिले साधारण स्नुकर पुल मात्रै सञ्चालनमा ल्याएको बताउँदै केही समयमा स्नुकर पनि सञ्चालनमा ल्याउने जानकारी दिए ।

साथै उनले युवाहरुलाई खेलकुदतिर आकर्षण गर्ने र बालबालिका तथा अभिभावकलाई रमाइलोका लागि पनि यो खेलले सहयोग पुग्ने बताए ।

सञ्चालक चन्दका अनुसार अहिले एउटा खेलको ५० रुपैयाँ निर्धारण गरिएको छ । साथै उनले स्केटिङ पनि सञ्चालमा आएको बताए । स्केटिङको मूल्य प्रति घण्टा दुई सय तोकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077