काठमाडौं । सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने भएको छ ।
पुस १६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
‘आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार सार्वजनिक निर्णयमा भनिएको छ।
यसैगरी, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।