Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

बुधवार , पौष १७, २०८१

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा गुठीसम्बन्धी सम्पूर्ण समस्या समाधानका विधेयक आवश्यक रहेको निष्कर्ष निकालिएको हो ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगतिबारेको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन निर्देशन दिइएको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको उल्लेख गर्दै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077