Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तराईंमा बाक्लो हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

तराईंमा बाक्लो हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

बिहिवार , पौष १८, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरो लागेको ठाउँमा सवारी साधन चलाउँदा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077