Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अमेरिकामा ट्रम्प होटलबाहिर टेस्लाको साइबरट्रकमा विस्फोट

अमेरिकामा ट्रम्प होटलबाहिर टेस्लाको साइबरट्रकमा विस्फोट

बिहिवार , पौष १८, २०८१

एजेन्सी । अमेरिकाको लस भेगसस्थित ट्रम्प होटलबाहिर एक टेस्ला साइबरट्रकमा विस्फोट भएको छ।

बुधबार बिहान ८:४० बजे होटलको गेटनजिक रोकिएको साइबरट्रक विस्फोट भएको हो।

विस्फोटमा चालकको मृत्यु भएको र त्यहाँ वरपरका ७ जना घाइते भएको अमेरिकी संञ्चार माध्ययमहरुले जनाएको छ।

उक्त साइबरट्रक भाडामा कोलोराडो लगिएको र बुधबार बिहान ७ बजेमात्रै लस भेगस फर्किएको बताइएको छ। सडकमा पटकपटक ओहोरदोहोर गरेपछि होटल छेउ पुगेपछि विस्फोट भएको थियो।

घटनाको अनुसन्धान एफबिआईले गरेको छ। टेस्लाका मालिक इलन मस्कले उक्त घटनालाई आतंकवादी हमला हुनसक्ने भनेका छन्।

त्यसअघि लुसियानाको न्यू ओर्लिस्नस्थित बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेका भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077