Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

बिहिवार , पौष १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको हो ।

भेटका अवसरमा प्रतिनिधि सभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आजै स्वदेश फर्कंदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077