Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, अब टोकन लिएर लाइन बस्नु नपर्ने

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, अब टोकन लिएर लाइन बस्नु नपर्ने

बिहिवार , पौष १८, २०८१

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर Prabhu Digital Cube सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकको दावी छ ।

हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077