Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन उपस्थित

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन उपस्थित

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएका छन्।

केन्द्रीय समिति बैठकको तयारीका लागि पेरिसडाँडामा आज सुरु भएको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन् ।

माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेको छ।

दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका हुन् ।

उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077